
एण्ड्रइड ४.२.२ भर्जन बाट भने यस्तै विजेटहरु लक् स्क्रीनमै पनि राख्न सकिन्छ, जसलाई लक् स्क्रीन विजेट भानिन्छ। लक् स्क्रीन विजेट प्रयोग गरी फोन लक् गरेको अवस्थामा पनि केहि जानकारी हरु सजिलै हेर्न सकिन्छ। फोनलाइ पासवर्ड, पिन , पेटर्न अथवा अन्य कुनै तरिका बाट लक् गरि रहेको अवस्था मा पनि सिधै लक् स्क्रीन मै कुनै एप को जानकारी हेर्न सकिन्छ।
लोडसेडिङ + को नया भर्जनमामा पनि यो लक् स्क्रीन विजेट राखिएको छ। लक् स्क्रीन विजेट मा फोन लक् गरेको बेला पनि कल स्क्रिन मै आफ्नो समूहको लोडसेडिङ् तालिका हेर्न सकिन्छ। लोडसेडिङ + मा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका बिभिन्न ठाउँहरुको लोडसेडिङ तालिका हेर्न सकिन्छ। लोडसेडिङ + ले लोडसेडिङ तालिकाका साथै टर्चलाइट , र अरु विभिन्न नोटिफीकेशनका सुविधा उपलब्ध गराउने हुनाले यो एप लोकप्रिय हुन सकेको हो। लगभग ६२ हजार जनाले डाउन्लोड गरेको यो एप नेपाली भाषामा पनि उपलव्ध छ। नया वर्जनमा रहेको लक् स्क्रिन विजेट्ले सजिलै लोडसेडिङ तालिका हेर्न सकिन्छ।
how to follow it
ReplyDelete