एक दिन एक जना साथीलाई सोधेर हेर्दा उनले गूगल मा अनुवाद गरेर थाहा पाएको भन्दा अचम्म लाग्यो । किनभने अहिले सम्म नेपाली पनि अनुवाद गर्न नसकिने हुदा नेपाल को सुदुरपस्चिम मा बोलिने डोटेली भाषा को अनुवाद गुगल ले कसरि गर्यो होला .. र के बुझेर लाइक गरे होलान कोरियन साथीले । अनि सोच्दै जाँदा देवनागरी लिपिमै भएको र केहि शब्द मिल्ने हुनाले डोटेली भाषालाई हिन्दी भाषा को रुपमा चिनेर अनुवाद गर्ने प्रयास गरेको हुन सक्छ गुगल ले ।
गुगल क्रोम प्रयोग गरि कुनै भाषाको वेवपेजलाई पनि अनुवाद गर्दै पढ्न सकिने सुविधा हामीले पाएका छौ तर हाम्रै नेपाली भाषामा भएका साइटहरु भने अझै बिदेशीहरुले अनुवाद गरेर पढ्न सक्दैनन्। अहिले मैले लेखिरहदा पनि क्रोमले यसलाई हिन्दि भाषाको रुपमा चिनिरहेको छ ।
तर अब गूगलमा नेपाली अनुवाद प्रयोग गर्ने दिन धेरै टाढा छैनन।
https://translate.google.com/about/intl/en_ALL/volunteer/nepali.html
माथि को साइटमा गएर हामीले गुगल ले गरेको अनुवादलाई मूल्यांकन गरेर प्रतिक्रिया दिन सक्छौ । त्यसै प्रतिक्रियाको आधार मा गूगल अनुवाद मा सुधार हुदै जाँदा कुनै दिन हामीले नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा अनुवाद गर्ने सुविधा प्रयोग गर्न सक्ने छौ ।
तर अहिले नै दैनिक जीवन मा उपयोगी हुने गरि प्रयोग गर्न सकिने अवस्था देखिदैन, माथिको फोटो मा देखिए झैँ गूगल को अनुवाद कुनै बेला राम्रै भए पनि सबै प्रकारका वाक्य हरुलाई अनुवाद गर्न मिल्दैन । कुनै बेला गूगल अनुवादले नेपाली लाइ हिन्दी भनेर चिन्ने र हिन्दीलाइ नेपाली भनेर चिन्ने गरेको पनि पाइएको छ। जसले गर्दा अझै केहि समय लग्न सक्छ जस्तो लाग्छ।
0 comments:
Post a Comment